इसापुर्व ५६३ मा लुम्बिनीको तिलौराकोटमा एक शक्तिशाली राजवंशमा जन्मा लिनुभै, सम्पूर्ण आफ्ना यैस आराम र सांसारिक मोह त्यागी, प्राणी मात्रको मुक्ती कसरी संभव छ र सारा दु:खहरुको मूल जड् पत्ता लगाउने अठोटका साथ २९ वर्षको उमेरमा गृह त्याग गरी अथक प्रयास र त्यागद्धारा बुद्धत्व प्राप्त गर्नु भई प्रतिपादित गर्नु भएको धर्म नै बौद्ध धर्म हो। बुद्ध सम्पूर्ण प्राणीको समानताको पक्षपाती हुनुहुन्थ्यो र यी सबै प्राणीलाई कसरी समानता र शान्ती दिलाउन सकिन्छ भन्ने नै बुद्धको मूल चिन्तनको बिषय थियो। र अन्तत: अथक प्रयास द्धारा त्यो मार्ग पहिल्याइ छाड्नुभो। आज संसार भरी नै बौद्ध दर्शनको अनुयायीहरु रहेका छन। बुद्ध दर्शनको वैज्ञानीक तथ्य र मार्गलाई गर्दा आज पनि बौद्ध दर्शनको अनुयायीहरु दिनानुदिन बढीरहेको पाईन्छ।
यहाँ बुद्ध धर्म र संघमा कसरी प्रवेश गर्ने भन्ने बारेमा चर्चा गरिएकोछ:
नमो बुद्धया | नमो धर्माया | नमो संघाया |
बुद्धम शरणम गच्छामी |
धम्मं शरणम गच्छामी |
संघम शरणम गच्छामी |
यती भनेर बुद्ध धर्म र संघलाई ३ पटक वन्दना अथवा पञ्चाङ्ग डण्डवत गर्नुभन्दा अगाडि काया शरीरद्धारा जानि-नजानी गरिएका पाप कर्म अनी वक वचनले जानि-नजानी गरिएका पाप कर्म र अन्तमा चित्त मन्-मनैद्धारा जानि-नजानी गरिएका पाप कर्महरुबाट मुक्ती प्राप्ती होस् भनी गुम्बा, विहार अथवा चैत्य निर्माण गरेको ठाउँहरुमा गई दुई हात जोडी काया शिरमा राख्ने प्रायश्चित गरी भगवान बुद्धको शरणमा परी तीन पटक डण्डवत गर्नुपर्द्छ। अनी बौद्ध धर्ममा प्रवेश गरेपछी निम्नलिखित पञ्चशिललाई ध्यानमा राख्नु अनिवार्य रुपमा सचेत हुनुपर्दछ:
१) प्राणी हिंसा नगर्नु। २) झुटो नबोल्नु, चुक्ली नलाउनु, अश्लील र कटु वचन नबोल्नु। ३) मदिरा सेवन नगरनु, सिमाभन्दा बहिर मनिरन्जन नलिनु। ४) आफ्नो श्रीमती बाहेक पर स्त्री गमन नगरनु। ५) नचोर्नु।
यी उपयुक्त पञ्चशिल नै गृहस्थीहरुका निम्ती मध्यम मार्ग हुन। आफ्नो चरित्र र अनुशासन पनि मानव जीवन सन्चालनका महत्वपूर्ण अङग मानिन्छन। चरित्र र अनुशासन विहिन मनिसले हमेसा दु:खको चक्रव्युहमा होमिनु पर्दछ। यसैले दु:खबाट मुक्त हुन चाहनेले हरसम्भव पञ्चशिल दुई अती मह्त्वपूर्ण मार्गहरुका बिचको बाटो अपनाउनु पर्दछ।
0 comments