Latest News

गोर्खाली नेताको हत्या

कान्तिपुर-दार्जिलिङका पुराना नेता मदन तामाङको शुक्रबार अज्ञात समूहले हत्या गरेको छ । स्थानीय क्वल साइडमा उनलाई बिहान साढे ९ बजे खुकुरी र गोली प्रहार गरिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दार्जिलिङका पत्रकार विमल राईले कान्तिपुरलाई जानकारी दिए ।

अखिल भारत गोर्खा लिगका अध्यक्ष ६० वषर्ीय तामाङ लिगको वाषिर्कोत्सव कार्यक्रमको तयारीमा थिए । उनलाई गर्धन, पिठ्युँ, खुट्टालगायतका स्थानमा अन्धाधुन्ध खुकुरी प्रहार गरिएको प्रत्यक्षदर्शीले जनाएका छन् । आक्रमणलगतै उनीहरू भागेका थिए । आक्रमणबाट तामाङका केही सहयोगी पनि घाइते छन् । आक्रमणपछि प्रहरीले पनि हवाई फायरिङ गरेको थियो ।

तामाङको दार्जिलिङ सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । हत्यापछि दार्जिलिङ क्षेत्र तनावग्रस्त छ ।

लिगका केन्द्रीय नेता प्रताप खातीले तामाङको हत्या गोर्खा जनमुक्ति मोर्चाले गरेको दाबी गरेका छन् । तर मोर्चाका महासचिव रोशन गिरीले आफ्नो पार्टी 'गान्धीवादी' भएकाले त्यस्तो गर्न नसक्ने जनाए । उनले कान्तिपुरसँग भने, 'तामाङको हत्यामा हाम्रो पार्टीको हात छैन ।'

गोर्खाल्यान्ड राज्य प्राप्तिका लागि आन्दोलन गरिरहेको मोर्चाले केन्द्र सरकारलाई हालै बुझाएको अन्तरिम व्यवस्थासहितको प्रस्तावको तामाङले तीव्र आलोचना गरेका थिए । गोर्खाल्यान्डभन्दा तल झरेर सम्झौता गर्न नहुने उनको धारणा थियो ।
Tags:

About author

Curabitur at est vel odio aliquam fermentum in vel tortor. Aliquam eget laoreet metus. Quisque auctor dolor fermentum nisi imperdiet vel placerat purus convallis.

0 comments

Leave a Reply