
सन्चु ब्लोन-साहित्यीक संस्था तामाङ डाजाङसे २४ घण्टे साहित्यीक यात्रा सम्पन्न गरेको छ । तामाङ डाजाङ र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा जेठ ७ र ८ गते गरी सम्पन्न यात्रामा विभिन्न विधामा कलम चलाउदै आउनु भएका १८ जना सृस्टा र स्थानिय सृस्टाहरुले रचना बाचन गर्नुभएको थियो । ललितपुर सातदोबाटोबाट प्रारम्भ गरेको यात्रा ललितपुर १ नम्बर क्षेत्र अन्तरगत भारदेउ र चौघरे गा।वि।स।sाे तामाङ बाहुल्यता रहेको बस्तिहरुमा केन्द्रित गरिएको थियो । स्थानिय तामाङ समुदयको राजनैतिक आर्थिक सामाजिक धार्मिक सांस्कृतिक शैक्षिक आवस्थाको साथै त्यस क्षेत्रको ऐतिहासिक र प्राकृतिक वस्तुथितीको बारेमा अवलोकन एवं अन्तरकृया पछि रचिएको रचनाहरु भारदेउ स्थित पौवा चउरमा आयोजित कार्यक्रममा सृस्टाहरुले बाचन गरिएको थियो । कार्यक्रममा अटुट दोङ रबिन्द्र बल फूल कुमार बम्जन तिर्थमान बल ढक बहादुर घिसिङ अर्जुन पाखि्रन मनिषा मोक्तान निरुभक्त वाइबा मिनदोर्जे थिङ यकिना अगाध योगेश राल्फालि सजना गोले नेम बहादुर तामाङ अनिष या्न्जन सोमराज गोले मदन योन्जन लगायतका सृस्टाहरुले सहभागिता जनाउनु भएको थियो । सो कार्यममा वरिष्ठ थांका कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठान ललितकला विभागका सदस्य निमाघ्याम्छो बलले पनि सोहि स्थानमा रहेर बनाउनु भएको कला र कविता बाचन गर्नु भएको थियो । छार गोङमा मासिकका पत्रकार रन्जित तामाङ गोरखा एफ।एम।मा तामाङ कार्यक्रम सन्चालिका शान्ति दोङ मेट्रो एफ।एम।sा पत्रकार तिर्थमान तामाङ तामाङ समाज डटकमका पत्रकार रमेश तामाङको साहित्यिक यात्रामा सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि सृस्टाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग प्रमुख सुलोचना मानन्धरले प्रशंसा पत्र वितरण गर्नु भएको थियो भने तामाङ डाजाङका अध्यक्ष बुद्ध योन्जनको अध्यक्षतामा सम्पन्न भएको हो ।
0 comments