Latest News

विबाहित कविता

कविको आँशु र रगतबाट नयाँ कविता जन्मिई
जमानाको खहरेमा उ हुर्की, बढी र जवान भई

जवान कवितालाई आफ्नै छातीमा छाप्न
अतृप्त सम्पादकहरू आतुर भए
जवान कवितालाई आघउँन्जेल दिमागले चाट्न 
लाठे पाठकहरू पत्रिका पसलहरूमा तैनाथ भए 
छिप्पट समालोचकहरू तत्पर भए
जवान कविताका अंगअंगको रस-चर्चा गर्न 

यतिकैमा, जवानीले ठीक उद्देश्य भेटेझैँ
एकदिन कविताको बिहे भयो
र, उ गृहस्थीको मुटुमा 
धडकनझैँ सामेल भई

त्यसपछि सम्पादकहरू जाल बोकेर
बूढो छन्द र लालित्यको खोल्सातिर फर्के
बैसालु पाठकहरू, गजलका 
मतला र काफियाका काँडाले गुजारा गर्न थाले
समालोचकहरू, नयाँ आन्दोलनका भेलमा 
थकौली लिएर माछा थाप्न बसे 

समय अन्तरालमा 
विवाहित कविता?

दंग परेर, बच्चालाई दुध खुवाउँदै बसेकी
विवाहित कवितालाई भेटेपछि
कविको मनमा एक निष्कर्स तामेल भयो –
‘कि, आफ्नै दुधमा घोलेर
नेपालित्वको रगत 
नयाँ ज्यानमा भर्नुभन्दा
अर्को ठूलो देशको माया केही हुन सक्दैन ।‘ 
-बिक्रम सुब्बा
Tags:

About author

Curabitur at est vel odio aliquam fermentum in vel tortor. Aliquam eget laoreet metus. Quisque auctor dolor fermentum nisi imperdiet vel placerat purus convallis.

0 comments

Leave a Reply