खै!आज किन हो किन शिलता अरुदिन भन्दा धेरै खुशी देखिन्थी।त्यो खुशीको राज मैले सोध्ने प्रयास गरे, तर उ अरु साथी हरुको माझमै हुन्थी।मैले उसलाई एक्लै भेट्ने कोशिश धेरै गरिरहे तर सम्भव बनाउँन सकिन। भनौ समयले मलाई साथ दिएन। आखिर पुरानै कुरामा कति अल्झिने,समयले प्रस्टाउने छ एकदिन भनेर त्यो सब मैले समयको जिम्मामै छोडिदिएँ/ दुईचार दिनपछी मैले पनि ती कुरा भूलेर उसैको खुशिमा रमाउँन थाले। दिनहरु बिस्तारै बितिनै रहेका थिएँ। कलेजको नयाँ सेसन पनि सुरु भयो,फेरी केही दिन त हामी त्यतातिरै ब्यस्त रह्यौ। नयाँ बिद्यार्थीको एड्मिसनको सुर्वात भयो।हामीलाई पनि टाढा टाढा देखि आउने नयाँ नयाँसाथीहरु सँग परिचय गर्न पाउदा आनन्द त आउनेनै भयो!स्कूल र कलेजको दिन त हो थोरै फुर्सत र हाँसीमज्जा गर्न पाउने भनेको समय। फेरी त्यो समयलाई गुमाएपछि तँ विवहा गर घर धन्दा श्रीमानको अनुसानको पालाना. सासू ससुराको गनगन. नन्द आमाजुको टोकेसो देवर जेठाजुको नितिनियम बस जिन्दगी पनि कति अनौठो यो छोरी मान्छेको त?अरुको खुशीमा आफ्नो सारा अस्तित्व भूल्दापनि जस पाएँ त हुन्थ्यो नी फेरी।घरी घरी त यो सारा सामाजिक बन्धन तोडेर टाढा भाग्न मनलाग्थ्यो। तर जसले दशमहिना आफ्नो गर्वमा बोकेर यो संसार देखायो उसको पनि त मानमर्यादाको ख्याल गर्नु पर्ने कर्तब्य बन्थ्यो छोरा छोरीको?तिनै मर्यादित कुराले अल्झाइ रहन्थ्यो,जिन्दगीलाई हर समय र हर पलमा।
जिन्दगीको गोरेटोमा कति पराइ आफ्ना र कति आफ्ना पराइ हुने क्रम त चलिनै रहन्थ्यो । मेरी आमा की जीवन जीउँने आधार मनै थिएँ। विवाहा गरेकै बर्ष मेरो बुवा मेरी आमालाई मामा घरमै छोडेर उहाँको मामा घर इनडियाको रकसोल भन्ने ठाउँमा जानु भएको रे! आमाले उहाकै प्रतिक्षामै केश फूलाउनु भयो तर बुवा फर्केर आउनु भएन। मैले आज टेनप्लस टु, मामा घरैबाट सके तर मेरो बुवा कस्तो हुनुहुन्थ्यो, देख्ने अवसर मिलेन मलाई। अब म बढ्दै गएँ मेरो मामाले विवाहको कुरा गर्दैगर्दा म कलेज बाट त्यो दिन टुप्लुक्क घरमा पुगेको थीएँ। मामाको आदेश आयो भोली तिमी कलेज नजाउ है भान्नजी?मैले मामाको भनाइमा कुनै जवाफ फर्काइन मलाई किन हो किन धेरै रुनमन लाग्यो, कोठामा गएर ढोका थुनेर धेरैवेर रुएँ। त्यो दिनको खाना खाजा केही खाइन,कसरी म अहिलेनै विवाह गर्दिन भनौ?सधैभरि उहाँ हरुको बोझ भएर बस्न राम्रो पनि हुदैनथ्यो।त्यसैले मैले मेरो पढाईलाई यतिमै थाती राख्ने आफै भित्र नोधो गरे। एक्लो जिन्दगी शोभा दिदैनथ्यो, त्यसैले मैले आमा र मामामाइजुलाई हजुरहरुको जे इच्छा म त्यसैमा रमाउछु भनेर भनि दिएँ. भोली पल्ट केटा पक्षबाट हेर्न आएँ केटा भर्खर बिदेशबाट आएको,राम्रो कमाई भएको,माइजुको माइती गाउको पुर्खौली सम्पत्ति पनि खाना लाउन दु:ख छैन रें। पढाई एस.एल.सी सम्म सकेको भएपनि केहि कुरामा कमी छैन रें । त्यहा मेरो इच्छा कसैले सोधेनन, तर मैले आफ्नो लागि भन्दा पनि समग्र परिवारकै खुशिमा बाँच्ने निधो गरे। अब मैले केटा पटीको कुनै आनी बानि नीजी बुझ्नु पर्ने आबश्क ठानिन,त्यसैले मामामाइजु आमा मिलेर कुरालाई अघि बढाएँ। विवाहको तारिक तोकियो म बेहुली भएर मण्डपमा बसे।
0 comments