Latest News

अनेसास केन्द्रिय समितिको कार्यकारी बोर्डका लागि हुने निर्वाचनका लागि हार्दिक अपिल


आदरणीय सँस्थापक ज्यूहरू, आजीवन सदस्य ज्यूहरू, तथा साहित्यप्रेमी सम्पूर्ण साथीहरू 

नेपाली भाषाको हक हितलाई सुरक्षा गर्दै, नेपाली कला, सँस्कृतिको पहिचान विश्वका कुनै पनि भौगोलिक सिमाबाट टाढा नराखेर हर तरहले यसको विकास र प्रवर्द्धनका लागि लडिरहनु भएका सम्पूर्ण सहित्यप्रेमीहरूलाई पुनः एक पटक साहित्यक नमस्कार गर्न चहान्छु । 

भौगोलिक दृष्टिकोणले सँसारको जुनसुकै कुनामा बसेर पनि नेपाली साहित्यको विकासमा योगदान पु–याउदै आउनु भएका अग्रज साहित्यकारहरूमा धन्यवाद टक्रयाउन चहान्छु । यहाँहरूकै दृढ अठोट र विश्वासबाट सिञ्चित यस अनेसासमा हामी जस्ता नयाँहरूले पनि विस्तारै सहयोग गर्ने अवसरहरू प्रदान गर्नुभएकोमा धन्यवाद दिन चहान्छु । यहाँहरूको अथक प्रयासपछिको सिंगो अनेसास हाल विश्वका विभिन्न राष्ट्रहरूमा फैलिनुमा यहाँहरूको देन, मेहनत र भूमिका अतुलनीय रहेको छ । यसका साथै विस्तारै बढ्दै गईरहेको अनेसासका सञ्जालहरूमा विभिन्न शाखाहरू गोलबन्द भैइरहेको पाउँदा अत्यन्तै खुशि छु । यसको ज्वलन्त उदाहरण हो कुबेत च्याप्टर र हालैको यूएई च्याप्टर । यसका लागि म कुबेत च्याप्टरका अध्यक्ष श्री राजन रिमाज ज्यू र यूएई च्याप्टरका अध्यक्ष समदर्शी काइँला ज्यूलाई धन्यवाद दिन चहान्छु, यस अर्थमा कि उहाँहरूले अन्य नामको साहित्य सँस्थालाई अनेसासको च्याप्टरमा परिणत गरि सिंगो अनेसासमा गोलबन्द हुनभएको छ । 

अनेसास केन्द्रिय कमिटिको सन २०१० देखि १२ सम्मका कार्यकालका लागि कार्यकारी बोर्डको उमेदवारी छनौट प्रकृया पुरा भै केहि पदहरूमा सहमतिबाट अथवा निर्विरोध भैसक्नुभएको छ भने केहि पदहरूमा चुनाव नै हुने पक्का भएको छ । साहित्यिक सँगठनमा चुनाव हुनु राम्रो नराम्रो दुइटा पक्ष नै बलियो रूपमा देखिएकाले, आजको प्रजातान्त्रिक युगमा प्रजातान्त्रिक प्रणालीलाई स्वीकार्नु हाम्रो हक हितको समानान्तर सुरक्षित अधिकार हो भन्ने मलाई लागेको छ । यसका लागि हामीले आफुसँग भएको अधिकारबाट नयाँ कार्यकालका लागि सुयोग्य र अनेसासलाई समधुर सम्बन्ध गाँस्दै सँसारमा भएका सम्पूर्ण च्याप्टरहरूको प्रतिनिधित्व गर्ने हिम्मतिलो सर्जकहरूको खाँचोलाई मनन गर्दै अगाडि बढ्ने बाटो खोलिदिनुहुनेछ भन्ने आशा राखेको छु । 

अनेसासका लागि अहोरात्र खटिएर काम गरिरहनु हुने सशक्त महिला जस्को उत्कृष्ट सुझाव र सल्लाहले म पनि यस कार्यकालको लागि सचिव पदमा निर्विरोध भएको छु । अनेसासको चौतर्फी हक हितको लागि लडिरहनु भएकी एक मात्र महिला अध्यक्ष उमेदवार जसको लागि धेरै साहित्यिक सर्जकहरूको आशाको केन्द्रविन्दु बनिनु पर्ने थियो त्यो हुन नसक्दा दुःख लाग्नु मेरा लागि स्वाभाविक भए पनि प्रजातान्त्रिक प्रणालीमा महिला पुरूषलाई समान रूपमा रूपान्तरण गर्ने सुअवसरका लागि भने पक्कै सकरात्मक लिएको छु । अनेसासका प्रचन्ड विद्वान डा. श्री मधु श्रेष्ठ जी भन्नुहुन्छ –“पुरषसंग टक्कर लिदै अध्यक्ष पदमा महिलाहरुको प्रतिनिधित्व गर्ने अर्की साहसी उमेदवारले भन्नु भयो - सहमति गराउन सक्नु हुन्छ भने अनेसासमा म तपाईंको नेतृत्व स्विकार्न तयार छु । कत्रो लचक्दारीपन र उदारता !!! वहाले मलाई उछिनेर चुनाव बिना नै जित्नु भयो । वहाकै भाषाशैलीमा वहालाई कम्तिमा एउटी नेपाली चेलीको सम्मान गर्न सकेको भए म वहाको ऋणी हुनु पर्ने थिएन आज । त्यहि अन्तरालमा एउटा ब्रहमचेतना खुल्यो - सायद नेतृत्व दिन तम्सने व्यक्ति त्यागी र लचकदार हुनै पर्छ, नत्र कसरी हुन्छ अग्रगामी काम संस्थाको हितकोलागि?” यसर्थ पनि मलाई अनेसासमा महिला अध्यक्षका लागि अगाडि आउनुभएकी नेपाली आमाकी योग्य सुपुत्री श्रीमति कमला प्रसाईँको अनेसास माथिको स्वच्छ भावना र दीर्घकालिन लक्ष्य स्पष्टरूपमा बुझ्न सकिन्छ । यस्तै उहाँकै सहयोगी उमेद्वारहरू पनि उहाँजस्तै कर्मठ, योग्य र अनेसास प्रति कटिबद्ध भएर लागिरहनु भएका योग्य उमेदवारहरू हुनुहुन्छ । त्यसैले विश्वभरिबाट मलाई निर्विरोध बनाउँदै सहयोग गरिदिनु हुने साहित्यकार गुरूजनहरू तथा साथीहरूलाई पुनः एक पटक हाम्रो समूहको कर्मठ साहित्यप्रेमी साथीहरूलाई आफ्नो मत दिई विजय गराउनुहुनेछ भन्ने मैले पूर्ण आशा लिएको छु । जसका लागि हाम्रो समूहबाट अनेसासमा उत्रनुभएका साथीहरूको नामावली यहाँहरूका लागि पेश गर्दैछु । 

१. श्रीमति कमला प्रसाई अध्यक्ष अमेरिका 

२. श्री नगेन्द्र न्यौपाने बरिष्ठ उपाध्यक्षः अमेरिका 

३. श्री बिमल गिरी क्षेत्रिय उपाध्यक्ष (यूरोप) बेल्जियम 

४. श्री दिपक बिष्ट क्षेत्रिय उपाध्यक्ष (ओशियान र अफ्रिका) अष्ट्रलिया 

५. श्री दिपक भेटवाल महासचिव कतार 



धन्यवाद । 



हरि मानन्धर “विवश” 

सचिव 

अनेसास, इजरायल च्याप्टर 

निर्विरोध सचिव उमेदवार 

अनेसास केन्द्रिय कमिटि, कार्यकारी बोर्ड 
Tags: ,

About author

Curabitur at est vel odio aliquam fermentum in vel tortor. Aliquam eget laoreet metus. Quisque auctor dolor fermentum nisi imperdiet vel placerat purus convallis.

0 comments

Leave a Reply